खेलाडीको हौसला बढाउन रबि श्रीलंकामा, बालेन पनि जाँदै

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह श्रीलंका पुग्दैछन् । 

एसिया कप क्रिकेटको दोश्रो खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

Advertisement

रवि आजै श्रीलंका प्रस्थान गरिसकेका छन् भने बालेन पनि आजै हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका छन् । 

समूह ए मा रहेको नेपाल गत बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

Advertisement

Advertisement