नेप्से दोहोरो अंकले उचालिए पनि उत्साहित भएनन् लगानीकर्ता

Advertisement

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । तर कारोबार रकममा भने खासै उत्साह देखिएन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२३ अंकले बढेको हो । ०.५२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९४२.६८ अंकमा उक्लिएको छ । 

Advertisement

आज २७६ कम्पनीका ४३ लाख १४ हजार ४ सय १७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८.६० रुपियाँ बराबरको कारोबार भएको हो । 

आज विभिन्न ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । सूर्योदय वोमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९८ र ९.९६ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै हिमाल दोलखा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज हिमाल दोलखा हाइड्रोकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ५६ लाख १९ हजार ९ सय ९८.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement