‘नाडा अटो शो’मा हुण्डाइको आकर्षणः छ लाखसम्म छुट, अरु के के छन् अफर ?

Advertisement

काठमाडौं । नेपालमा हुण्डाइ गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाइ)ले मंगलबारबाट सुरु हुन लागेको ‘नाडा अटो शो’ विशेष छुटसहितको आकर्षक अफर ल्याएको छ । 

कम्पनीले ‘हुण्डाइ फेस्टिभ डिलाइट’ योजना सञ्चालन गर्दै ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो । तीन बर्षसम्म हुन नसकेको अटो शो यस बर्ष आयोजना हुन लागेकाले पनि ग्राहकहरुको निकै चासो देखिन्छ । 

Advertisement

थापाथलिस्थित हुण्डाइको डिलर इन्चार्ज सुरेश श्रेष्ठले कर्पोरेट नेपालसँग भने, ‘हामीले फष्ट बायरदेखि महङ्गा गाडी किन्न खोज्ने ग्राहकहरुसम्मका लागि गाडीहरु प्रदर्शन गर्ने तथा बिक्री गर्ने गर्छौं । विगतका वर्षमा जस्तै ग्राहकहरुलाई यस ‘नाडा अटो शो’ले गाडी किन्न तथा सट्टापट्टा गर्न मद्दत पुग्ने विश्वास लिएका छौं ।’ 

नाडा अटो शोमा ग्राहकहरुलाई विशेष छुटसहित स्क्रयाच कुपन, एक वर्षको कर मिनाहा तथा एक वर्षको गाडीको फूल इन्स्योरेन्स दिने हुण्डाईको तयारी छ । साथै, एक जना भाग्यशाली ग्राहकका लागि एसयूभी नै उपहार दिइने छ । 

हुण्डाईका गाडीहरु भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ‘बि फाइभ’ स्टलमा रहनेछन् । उक्त स्टलमा आईसी इन्जिनदेखि विद्युतीय गाडी (ईभी)सम्म रहनेछन् । सोही मेलामा ३० लाख ५६ हजार रुपियाँदेखि दुई करोड ३६ लाख रुपियाँ मूल्य पर्नेसम्मका गाडीहरु राखिने छन् । त्यस्ता, गाडीहरुमा ग्राहरुलाई छ लाख रुपियाँसम्मको छुट दिने योजना कम्पनीले बनाएको श्रेष्ठले बताए । 

यस्ता छन् हुण्डाईले ‘नाडा अटा शो’मा राख्ने गाडीहरुः
हुण्डाईका ग्राण्ड आई टेन, एरा, आई ट्वान्टी, भेन्यू, क्रेटा, टुशन, सन्टाफे पलिसेड, कोना, आयोनिक फाइभ मेलामा राखिने छन् । त्यस्तै, हुण्डाई भेन्यूभन्दा पनि सानो आकारको एक्टर गाडी समेत मेलामा लन्च गर्ने तयारी गरिएको छ । उक्त गाडीलाई कम्पनीले सानो साइजको ‘सब कम्प्याक्ट एस यू भी’ को रुपमा समेत ग्राहकहरुले बुझ्ने बताएको छ ।

मेलामा दिने सुविधा मेलाका अवधिभरी आफ्नो स्वरुममा समेत उपलब्ध गराउने हुण्डाईले जनाएको छ । उक्त समयमा अन्य सवारीभन्दा पनि सिधै हुण्डाईका गाडीहरुको एक्सेन्ज गर्न चाहने ग्राहकहरुलाई कम्पनीले आफ्नो स्वरुममा समेत सेवा दिने जनाएको छ ।

Advertisement

Advertisement