सनराइज क्यापिटलले कलेजका विधार्थीहरुलाई दियो पूँजी बजार सम्बन्धी प्रशिक्षण

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सनराइज क्यापिटलले युवा लक्षित तथा स्नातक तहका बिद्यार्थीहरूलाई पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । 

क्यापिटलले धनगढी सन्तोषी टोलमा अवस्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) मा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रममा २०० भन्दा बढी उत्साही विद्यार्थीहरुले  भाग लिएका थिए ।  

Advertisement

उक्त कार्यक्रममा क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका विभागिय प्रमुख बिनोद आलेले पूँजी बजारका विभिन्न कार्यात्मक पक्षहरू जस्तै डिम्याट खाता र यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, सल्लाहकार सेवा, लगानी र  आधारभूत आवश्यक विषयहरूमा प्रस्तुती दिएका थिए । 

त्यस्तै बीटा एनालिटिक्सका विक्रम चित्रकार रसञ्जीव घिमिरेद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । 
 

Advertisement

Advertisement