राजधानीमा शुरु भयो नाडा अटो शो: २० अर्बको कारोबार हुने अनुमान, यस्ता छन् आकर्षण

Advertisement

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल (नाडा) को आयोजनामा नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ शुरु भएको छ । 

नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आयोजित एक समारोहका बीच  १५औं संस्करणको अटो शो अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । राजधानी स्थित भृकुटीमण्डपमा आयोजित अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।  

Advertisement

उक्त अटो प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु छन् । प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहेको छ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ । 

अवलोकनकर्ताको सुविधालाई विशेष ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ । 

यस पटक मेलामा २० अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको नाडाका अध्यक्ष थापाले बताए ।

यस पटकको मेलाको फरक पक्षको रुपमा मेलामा कमर्सियल भेहिकल (व्यापारिक गाडी)लाई पनि समावेश गरिएको छ । यसअघि यस्ता बस ट्रकहरु राख्ने चलन थिएन् । साथै, पार्किङलाई व्यवस्थापन गर्न काठमाडौं मल नेपाली सेनाको बाल अस्पताल भवन परिसर र पूरानो बसपार्कस्थित भ्यू टावरको पार्किङलाई उपयो ग गर्ने र त्यहाँ पार्किङ गरेको अवलोकनकर्ताहरुलाई मेला स्थलसम्म ओसारपोसार गर्न तीन वटा सर्टल बस दिनभरी सञ्चालन गरिने छ । 

अटो शोमा रु. २०० को प्रवेश टिकट व्यवस्था गरिएको छ । विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क रु. १५० कायम गरिएको नाडाले जनाएको छ ।

यस पटकको ‘अटो शो’का फरक पक्ष व्यवसायिक गाडीको प्रदर्शनीदेखि सर्टल बस सञ्चालनसम्म

 

Advertisement

Advertisement