पुनः दोहोरो अंकले घट्यो शेयर बजार, एक अर्ब १३ करोडको कारोबार

Advertisement

काठमाडौं । दुई दिन लगातार बढेको शेयर बजारमा आज पुनः दोहोरो अंकको करेक्शन देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.४२ अंकले घटेको हो । ०.९७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६७.५७ अंकमा झरेको छ । 

Advertisement

आज २७६ कम्पनीका ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि आज शुभम् पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै थ्री स्टार  हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेपाल एसबीआई बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ७ करोड ५६ लाख १८ हजार ९ सय २०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार १०.२३ अंकले बजार बढ्दा १ अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८.६० रुपियाँ र हिजो सोमबार ४४.३० अंकले बजार बढ्दा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७।२४ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement