हुन्डाईका गाडी किन्दा बम्पर पुरस्कारमा पाइने एसयूभी एक्सटर सार्वजनिक

Advertisement

काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइजमा पाइने एसयूभी एक्सटर आज सार्वजनिक गरिएको छ । 

आजदेखि शुरु भएको नाडा अटो शो मा अर्थमन्त्री डा. प्रकाशशरण महत उक्त गाडी सार्वजनिक गरेका हुन् ।  

Advertisement

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ  । यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइजमा हुन्डाई एक्सटर  प्राप्त गर्न सकिने छ । 

सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement