करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यास्डरमा नायिका केकी अधिकारी चयन

Advertisement

काठमाडौँ । नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यास्डरको घोषणा गरेको छ । यशोदा फुड्सले करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ । 

कम्पनीले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यास्डर चयन गरिएको जानकारी दिएको छ । ब्रान्ड एम्ब्यास्डर घोषणाको लागी आयोजित कार्यक्रममा नायिका अधिकारी लगायत कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Advertisement

यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो ब्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्र्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोँचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो । 

हाल कम्पनीले बिभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका बिभिन्न मुलुकहरुमा निर्यात गर्दै आईरहेको छ । 

सुपर प्रिमियम सेगमेन्ट अन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २एक्स स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ । प्रिमियम सेगमेन्ट अन्र्तगत करेन्ट, लाली,  लगायतका चाउचाउहरु उत्पादनमा छन् । 

त्यसैगरी प्रिमियम स्न्याक्स सेगमेन्ट अन्र्तगत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखना लगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।

नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरिका, क्यानेडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरुमा निर्यात गरिरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्राण्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ती र ख्याती भएको उल्लेख गरेको छ । 

Advertisement

Advertisement