उच्च अंकले घट्यो शेयर बजार, दुई अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६४.९१ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २७८ कम्पनीका ५६ लाख ५९ हजार ४ सय ४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६ सय १०.९४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

समग्रमा बजार घटे पनि शुभम पावरका लगानीकताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । २७ कम्पनी बाहेक अरु सबैको शेयर मूल्य घटेको छ । मोलुङ हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.२१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको २७ करोड ५४ लाख ७३ हजार ७२.९० रुपियाँ बराबरको कारोबार भएको हो । 

आजैबाट कारोबार शुरु भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पहिलो दिननै २४ करोड ५२ लाख ९३ हजार ९ सय ७६.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको शेयर प्रतिकित्ता रु. ४८६.६० रुपियाँमा ओपनिङ भई रु. ४९५ मा आएर रोकिएको छ । 
 

Advertisement

Advertisement