ओरियन्टल होटेल्सले घोषणा गर्यो ५.२६ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले आव २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको प्रवन्ध सञ्चालक अनिलदास श्रेष्ठले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपियाँ छ । 

यसैबीच लाभांश पारित गर्न असोज २५ गते २६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि भएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement