शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि एक अर्ब नाघ्यो

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम एक अर्ब नाघेको छ । हिजो झिनो अंकले बढेको बजार आज भने दोहोरो अंकले उकालो चढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२४ अंकले बढेको छ । ०.८२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८५.४३ अंकमा पुगेको छ । 

Advertisement

आज २७२ कम्पनीका ४३ लाख ३६ हजार ५ सय ८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७.५० रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन विभिन्न ७ कम्पनीका लगानीकताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । शुभम पावरका लगानीकर्ताहरुले १० प्रतिशत नाफा कमाउँदा थ्री स्टार हाइड्रो, मेन्छियाम हाइड्रो, बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९८, ९.८०, ९.७९, ९.५६ र ९.२० प्रतिशतले नाफा कमाएका छन् । 

इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८ प्रतिशतले घाटा व्यहोरेका छन् । आजपनि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ६४ लाख ४२ हजार ६ सय ९१.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ४२.१४ अंकले बजार घट्दा २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६ सय १०.९४ रुपियाँ र हिजो सोमबार ४.२६ अंकले बजार बढ्दा ८७ करोड ४ लाख ४४ हजार १ सय ५६.८२ रुपियाँ बराबरको कारोबार भएको थियो । भोलि असोज ३ गते भने संबिधान दिवसको बिदाका कारण बजार बन्द रहने छ । 

Advertisement

Advertisement