एलजी ब्राण्डको आफ्नै शोरुम अपग्रेड गरी पुनः शुभारम्भ

Advertisement

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम अपग्रेड गरी पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुपमा एलजी ब्राण्डका घरायसी तथा विद्युतिय सामाग्रीहरु उपलब्ध छन् ।

कम्पनीका अनुसार ग्राहकहरुले एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजरेटर, डिसवासर, एयर कन्डिसनर, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायतका थुप्रै सामाग्रिहरु एकै छानामुनि खरिद गर्न सक्नेछन् । 

Advertisement

राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्पेक्समा अवस्थित यस शोरुम सन २००५ मा स्थिापित एलजी ब्राण्डको पहिलो शोरुम हो । ग्राहकहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरुबाट विद्युतिय सामाग्रीहरुबारे जानकारी लिने र उक्त शोरुम हप्तामा सातै दिन बिहान १० बजे देखि बेलुका साढे सात बजेसम्म खुल्ला रहनेछ जनाइएको छ ।

त्यस्तै, एलजी शोरुम रिओपनिङको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट तथा शुन्य प्रतिशत किस्ताबन्दीमा एक्सचेञ्ज अफरको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement