एमालेको बागमती अधिवेशन असोज ८ र ९ मा, अध्यक्षमा अर्थ समितिका पूर्वसभापति दाहालको दाबी

Advertisement

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ  ।

काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । 

Advertisement

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताए ।  एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताए । 

अध्यक्ष पदमा पूर्वसांसद तथा प्रतिनिधिसभा अर्थ समितिका पूर्वसभापति कृष्णप्रसाद दाहालले दाबी प्रस्तुत गरेका छन् । निर्वाचननै हुने भए पनि आफू प्रतिष्पर्धाबाट पछि नहट्ने उनको बताए । 

यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन भइसकेको छ ।

Advertisement

Advertisement