इलेक्ट्रोनिक्स ब्राण्ड ‘बेको’ को दशैं तिहार अफर सार्वजनिक

Advertisement

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २७ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ । 

Advertisement

साथै सिङगल डोर रेफ्रिजीरेटरमा चोप्पर, डबल डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक प्रेसर कूकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनरको खरिदमा फ्री इन्स्ट्लेसन पाईन्छ । साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ । 

त्यसैगरी शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ूसिजि लोयल्टी क्लबूको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने छन् । 

यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्ने छन् ।

नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल हो । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण  नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ । 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हात्तीगौडा, त्रिपुरेश्वर, गठ्ठाघर, टेकु, नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् । साथै चौधरी ग्रुपद्वारा बजारमा वितरित सम्पूर्ण बेकोको सामानहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र सर्भिस ग्यारेन्टी रहेको कम्पनीले जनाएको  छ ।
 

Advertisement

Advertisement