माछापुच्छ्रे बैंकका डीसीईओ न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन् । 

न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । 

Advertisement

नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

न्यौपाने विगत १९ वर्ष देखि बैंकमा आबद्ध भई हाल नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनीसंग बैंकिङ क्षेत्रको २५ वर्ष भन्दा लामो अनुभव छ ।

Advertisement

Advertisement