सेल्सबेरीद्वारा महाराजगञ्ज र चिप्लेढुंगा पोखराबाट विश्वस्तरीय सेवा प्रदान गर्ने घोषणा

Advertisement

काठमाडौं । चेन डिपार्टमेन्टल स्टोरमा रुपमा सञ्चालित सेलवेज ग्रुप अन्तरगतको सेलवेज क्यास एण्ड क्यारी प्रालिले सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ । 

सन् २०२७ सम्म १०० वटा शाखा बिस्तार गरी ३ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेको आज आयोजित कार्यक्रममा जानकारी दिइयो । 

Advertisement

उक्त कम्पनीले सेल्सवेरी महाराजगञ्ज र चिप्लेढुंगा पोखरामा आगामी असोज १२ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक भवनमा विश्वस्तरीय सेवा प्रदान गर्ने जनाएको छ । 

उक्त अत्याधुनिक भवनमार्फत ग्राहकहरुको उत्कृष्ट स्तरको किनमेल, बाल मनोरञ्जनका सुबिधा, स्पा, ज्याकुजी, स्वीमिङ पुल तथा स्वदेशी विदेशी खानाहरुको सेवासहितको रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय गुणस्तरीय समानहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

यही असोज महिनामा यस कम्पनीले आफ्नो ३०औं वर्ष पार गरेको उपलक्ष्यमा हाल सञ्चालनमा रहेका ३२ वटा शाखा तथा छिट्टै सञ्चालनमा आउने ४ वटा नयाँ शाखामार्फत विभिन्न आकर्षक बिक्री योजनाहरु ल्याउन लागेको कार्यक्रममार्फत जानकारी दिइयो ।   
 

Advertisement

Advertisement