मुक्तककार डा. अधिकारीको ‘सम्बोधिका’माथि विमर्श

Advertisement

काठमाडौं । मुक्तककार डा. ईश्वरमणि अधिकारीद्धारा लिखित ‘सम्बोधिका’ मुक्तक संग्रहमाथि शनिबार विमर्श गरिएको छ । 

माया प्रेमका कुरादेखि राजनीतिक तथा सामाजिक विकृतिहरुलाई व्यङ्ग्य गरिएका मुक्तक संग्रहबारे साहित्यकारहरु रमेश पौडेल, ज्योति जंगल, डा. अशोक थापाले समीक्षा गरेका थिए । उनीहरुले अधिकारीको मुक्तकहरुमाथि टिप्पणी गर्दै मुक्तक लेखनको शैली र महत्वबारे प्रकाश पारेका थिए । 

Advertisement

पोखरा स्थायी निवासी डा. अधिकारीको यो तेस्रो साहित्यक पुस्तक हो । पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ । 

Advertisement

Advertisement