बालेनसँग रिसाए गगन थापा, भने- 'आन्दोलनकारीको माग सुन्ने प्रयास गर्नु'

Advertisement

काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगन थापाले बालेनलाई आन्दोलनकारीको माग सुन्न आग्रह गरेका छन् । बालेनलाई लोकतन्त्रको पाठ सिकाउँदै महामन्त्री थापाले आन्दोलनकारीमा माग सुन्न आग्रह गरेका हुन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै महामन्त्री थापाले लोकतन्त्रमा सबैको भनाई सुन्नुपर्ने बताए । थापाले काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहेका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् भनेका छन् । 

Advertisement

यस्तो छ उनको स्टाटस

'राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु।

लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ,  शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी 'Street Vendors' को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन। सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ-निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।'
 

Advertisement

Advertisement