सिजि मोटर्सले चिनियाँ कम्पनी स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा भित्र्याउने

Advertisement

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजि मोटर्सले चिनियाँ कम्पनी स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा भित्र्याउने भएको छ । 

सिजि मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्मार्ट मोटर्ससँग सिजी मोटर्सले सहकार्य गरेको जानकारी दिए । दुई कम्पनीबीच चीनको हाउजाउमा उक्त सहकार्यको सम्झौता भएको हो । 

Advertisement

स्मार्ट मोटर्स ईभी चर्चित जर्मन कम्पनी मर्सिडिज बेञ्जको संयुक्त लगानी रहेको गाडी निर्माता कम्पनी हो । स्मार्ट मोटर्स पूर्ण रुपमा विद्युतीय गाडी निर्माण गर्ने कम्पनी हो, जसमा मर्सिडिज बेञ्ज ब्राण्डको पनि लगानी रहेको छ ।

undefined

Advertisement

Advertisement