फोटोनले ल्यायो दशैं अफर, स्मार्टवाचदेखि थाइल्याण्ड र बाली घुम्न पाईने

Advertisement

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडडब्लू वृद्धि कमर्सियल भेहिकलले आउँदै गरेको दशैं तिहारलाई लक्षित गरेर विभिन्न उपहार योजनाहरु बजारमा ल्याएको छ ।

फोटोनका जुनसुकै मोडल खरिद गर्ने ग्राहकहरुलाई स्मार्टवाच देखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितका योजनाहरु ल्याइएको कम्पनीले जनाएको हो ।

Advertisement

फोटोनले लाइट कमर्सियल गाडीहरु नेपालमा उपलब्ध गराउँदै आएको एमएडब्लू वृद्धिले फोटोका हरेक गाडीको  बुकिङमा सबै ग्राहकहरुलाई स्योरसट उपहार उपलब्ध गराउने जनाएको छ । कम्पनीले एयरपड, स्मार्टवाच र स्पीकर फोटोनको कुनै पनि गाडी बुकिङ गर्ने ग्राहकहरुलाई सो उपहार दिनेछ । 

यसका साथै एमएडब्लू वृद्धिले बम्पर उपहारमा लक्कि ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलिभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनालाई मोवाइलफोन जित्न सक्ने योजना ल्याएको छ । 

Advertisement

Advertisement