शेयर बजार दोहोरो अंकले घट्यो, एक अर्ब १९ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.५६ अंकले तल झरेको हो । ०.८८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७२ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ९१ लख १ हजार ३ सय २४.८१ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटेको दिन समता घरेलु लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ७.९१ प्रतिशतले नाफा कमाए भने सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.५४ प्रतिशतले घाटा ब्यहोरे । ५६ कम्पनीको शेयर बढ्दा बाँकीको घट्यो । 

आज सिटिजन लाइफ इन्स्योेरेन्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ५ करोड ५९ लाख ७० हजार ६ सय ५२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३.११ रुपियाँ र हिजो सोमबार ५.१९ अंकले बजार बढ्दा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ  बराबरको कारोबार भएको थियो । 
 
 

Advertisement

Advertisement