नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा बढ्योः अध्यक्ष लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताउनुभएको छ । रोल...

राप्रपाले मंगलवार राजधानीमा आयोजना गरेको नेपालको परराष्ट्र नीतिः विगत,वर्तमान र भविष्य विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको बताए । 

Advertisement

लिङदेनले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गरे । उनले नेपालले देश–देशहरुसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाए । लिङदेनले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोगसमेत कमिसन, व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गरे । 

विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको बताउँदै लिङदेनले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नरहेको बताए । उनले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित र सत्ताको लागि जे पनि सम्झौता गर्ने गरिएको अरोप लगाए । लिङदेनले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न, चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरु रहेको बताए । 

उनले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भीर परिस्थिति निम्त्याइरहेको बताए । लिङदेन, ‘अहिले नेपालको परराष्ट्र नीति छैन भनेपनि हुन्छ । सरकारले देश–देशहरुसँग गरिरहेको सम्बन्ध भनेको आफ्नो सत्ता कसरी टिकाउनेमा केन्द्रीत छ । यस्तो घिन लाग्दो छ । सरकारले लिने ऋण सहयोग पनि कमिसन, व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेपछि सहयोग गर्ने नेपाललाई हेर्ने दृष्टिकोण कस्तो होला । अहिले विश्व राजनीतिमा आएको बदलाव र जुन भूराजनीतिक परिस्थितिमा नेपाल छ, यो सामान्य अवस्थामा छैन् । हामी सामान्य अवस्थामा छैनौं । अहिले सत्तारुढ पार्टी र मुख्य पार्टीहरुको विदेश सम्बन्ध भनेकै सत्ता केन्द्रित सम्बन्ध भएको र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको छ । विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न सकिँदैन । चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिदैन् । सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यता छ । त्यो अनुसारको क्रियाकलाप भइरहेको छ । त्यसले गम्भिर परिस्थिति निम्त्याइरहेको छ ।’

नेता लिङदेनले नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी रहेको बताए । उनले कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि समनिकटताको सम्बन्ध बनाउने, लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने हुन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement