हुन्डाईले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने, यस्ता छन् आकर्षण

Advertisement

काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा  हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई  फेस्टिभ कार्निवल’ असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्ने भएको छ । 

हुन्डाई  फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ । 

Advertisement

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिने कम्पनीले जनाएको छ । 

लाइभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न टिप्स र टिकट, निःशुल्क गाडीको परीक्षण तथा चेकजाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा,  ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि  हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् । 

कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्डका वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।
 

Advertisement

Advertisement