शेयर बजार दोहोरो अंकले घट्योः एक अर्बमा समेटियो कारोबार, सिटिजन लाइफको सबैभन्दा बढी

Advertisement

काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । बजार ओरालो झरेसँगै एक अर्बमा कारोबार समेटिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.०४ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५६.९२ अंकमा झरेको छ । 

Advertisement

आज २८० कम्पनीका ३५ लाख ६२ हजार ६ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख १९ हजार ४ सय १८.२० रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटेको दिन आज बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै इन्फिनिटी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सिटिजन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ४३ लाख ३१ हजार ७ सय १.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३.११ रुपियाँ, सोमबार ५.१९ अंकले बजार बढ्दा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ, मंगलबार १७.५६ अंकले बजार घट्दा १ अर्ब १९ करोड ९१ लख १ हजार ३ सय २४.८१ रुपियाँ र हिजो बुधबार ९.२४ अंकले बजार बढ्दा १ अर्ब १८ करोड ९९ लाख ३१ ह्जार ३ सय ८५.३७ रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement