वरिष्ठ चिकित्सकको माओवादी नेतालाई प्रश्न– राजालाई संविधानले चिन्दैन भने प्रचण्डलाई चिन्छ ?

Advertisement

काठमाडौं । एकजना वरिष्ठ चिकित्सक डा. मधु घिमिरेले ‘राजा’ शब्दलाई संविधानले चिन्दैन भने ‘प्रचण्ड’ शब्दलाई चिन्छ भन्दै माओवादी केन्द्रका नेतालाई प्रश्न गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा बोल्ने क्रममा ‘राजा’ भनेपछि प्रतिवाद गर्दै माओवादीका राजन दाहालले ‘राजा’ शब्दलाई संविधानले नचिन्ने भएकाले लिङदेनको भनाई रेकर्डबाट हटाउनुपर्ने शर्त अघि सारेका थिए । 

Advertisement

डा. घिमिरेले ‘प्रचण्ड’ (प्रधानमन्त्री पुष्पकमल दाहाल)लाई पनि संविधानले नचिन्ने भएकाले उनलाई सरकारबाट हटाउनुपर्ने तर्क गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले थप टिप्पणी गर्दै भनेका छन्, ‘लाज, शरम छैन ! देसको यो दुर्गती बनाएर राजाको खेदो खन्ने ? देश लुट्न र लुटाउन छोड, लुटेको राष्ट्रिय सम्पत्ति फर्काउ र अहिलेसम्मको पाप कर्मको पश्चाताप गर । देशलाई राजसंस्थाको अवस्थाबाट माथि उकासेर देखाउ , अनि मात्र तिम्रा त्यस्ता कुवचन पनि सुन्लान् जनताले। नत्र त ई.....!’ 

राजा ज्ञानेन्द्रलाई राजा भन्ने कि पूर्वराजा ? अहिले बहसको विषय बनेको देखिन्छ । राजसंस्था पक्षधरहरुले राजा कहिले पनि पूर्व नहुने भन्दै राजा ज्ञानेन्द्रलाई पूर्व राजा भन्ने हो भने राजा पृथ्वीनारायण शाहदेखि मानदेवसम्मलाई के भन्ने ? भन्ने प्रश्न उठाउने गरेका छन् । तर गणतन्त्रवादी नेताहरुले भने ज्ञानेन्द्र शाहलाई पूर्वराजा भन्ने गरेका छन् । 

Advertisement

Advertisement