राष्ट्र बैंकको नयाँ निर्देशनपछि पनि शेयर बजारमा देखिएन उत्साह

Advertisement

काठमाडौं । शेयर बजारमा उत्साह जगाउने आशा गरिएको नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन पछि पनि लगानीकर्ताहरुमा आशाको सञ्चार भएन । 

शेयर धितो कर्जाको सीमा १५ र २० करोड पुर्याइएपनि आज साताको पहिलो दिन आइतबार बजार उच्च अंकले घटेको हो ।

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.६७ अंकले घटेको हो । १.८२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९२१.२४ अंकमा झरेको छ । 

आज २८९ कम्पनीका ५८ लाख १५ हजार १ सय ८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २ सय ९४.०८ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि २ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका छन् । बाराही हाइड्रो र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का लगानीकर्ताहरुले क्रमशः ९.५९ र ९.४० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै हिमालयन लघुवित्त र गरिमा बैंकको ऋणपत्रका लगानीकर्ताहरुले १०–१० प्रतिशत घाटा व्यहोरेका छन् । आज विभिन्न ३१ कम्पनी बाहेक अरु सबैको शेयर मूल्य घटेको छ । 

शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ७३ लाख ८१ हजार ५ सय ६९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement