झन्-झन् ओरालो यात्रामा शेयर बजारः सवा अर्बमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.०६ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा झरेको छ । 

Advertisement

आज २८२ कम्पनीका ४२ लाख ८७ हजार ४ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १ सय ४५.३२ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटेको दिन आज अपर लोहोरे खोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८६ प्रतिशतले नाफा कमाएका छन् भने बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६४ प्रतिशतले घाटा व्यहोरेका छन् । २३ कम्पनीबाहेका सबैको शेयर मूल्य घटेको छ । 

सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९ सय ९१.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ३५.६७ अंकले घट्दा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २ सय ९४.०८ रुपियाँ र हिजो सोमबार पनि १२.५८ अंकले बजार घट्दा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement