धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकालले पाए  अवार्ड

Advertisement

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपेनर्स अवार्डबाट सम्मानित भएका छन् । 

युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’ अन्तर्गतको ‘योङ ईन्टरप्रेनियर्स अवार्ड’ प्रदान गरिएको हो । 

Advertisement

युवा उद्यमी ढकाल, व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ । 

ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् । उनकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका सदस्य समेत हुन् । 

Advertisement

Advertisement