एलजीको सेन्ट्रल एसीः ‘कम विद्युत खपत गरी उत्कृष्ट नतिजा’- ज्ञवाली

Advertisement

काठमाडौं । एलजीको सेन्ट्रल एसीले कम विद्युत खपत गरी उत्कृष्ट नतिजा दिने असिस्टेन्ट जेनेरल म्यानेजर विवेक ज्ञवालीले बताएका छन् । ज्ञवालीले कोरियामा बनेको सेन्ट्रल एसी नयाँ प्रविधिमा बनेको बताएका हुन् । 

एलजीको भेरियबल रेफ्रिग्रेन्ट फ्लो (भीआरएफ) प्रणालीमा आधारित सेन्ट्रल एसी सिजी इलेक्ट्रोनिक्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ । यो प्रविधिबाट घर तथा भवनमा एकै मेसिनबाट धेरै कोठा तथा हलहरुमा एसी प्रयोग गर्न सकिन्छ । 

Advertisement

यो प्रविधिबाट घर तथा कर्पोरेट बिल्डिङमा सजिलै एसि जडान गर्न सकिनेछ । सिजी इलेक्ट्रोनिक्सका असिस्टेन्ट म्यानेजर ज्ञवालीले भने, ‘भीआरएफ प्रणालीको एसी पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको छ, यसमा प्रयोग भएको प्रकृतिमैत्री प्रविधिले ग्राहलाई उच्चतम सन्तुष्टी प्रदान गर्दछ।’ 

ज्ञवालीका अनुसार यो भवन तथा कर्पोरेट बिल्डिङमा मात्रै नभई व्यक्तिगत घरमा समेत जडान गर्न सकिन्छ । यो प्रविधिको प्रयोगले लामो दुरीसम्म एसी पठाउन सकिन्छ । यो प्रविधि कुनै एक ट्यांकीमा पानी राखेर विभिन्न धारामा वितरण गरेजस्तै वितरण गर्न सकिनेछ । 

घर तथा भवनको कुनै एक कुनामा राखेर घर भवन तथा होटलको सबै कोठा कोठामा पुर्याउन सकिन्छ । यसले गर्दा धेरै मेसिनको प्रयोग गरी घर तथा भवन सौन्दर्यता नै बिग्रने अवस्थाको अन्त्य हुन्छ । सेन्टल एसीको कम्पनीले १५ वर्षको लागी वारेन्टी दिएको छ । यो प्रविधिले मानिसले खोजेको तापक्रम निर्माण गरेपछि पुनः विद्युत खपत कम गर्छ । यसबाट सेवाग्राहीलाई धेरै विद्युत खर्च हुने झन्झटबाट पनि मुक्ति पाउनेछन् । 

एसीको डिजाइन पनि प्रकृतिबाट प्रेरित भई गरिएकाले सुन्दर देखिने कम्पनीको भनाई छ । एसी जडान पछि पनि सेवा प्रवाहमा उच्च ध्यान दिने गरेको सिजीको भनाई छ । 


 

Advertisement

Advertisement