बजारमा नक्कली सामानको बिगबिगी छ, बल्ब किन्दा लुमिन्स चेक गर्नुपर्छः खनाल

Advertisement

काठमाडौं । बजारमा नक्कली इलेक्ट्रोनिक सामग्रीको बिगबिगी भएको सिजी इलेक्ट्रोनिकका एसिस्टेन्ट जनरल म्यानेजर मदन खनालले बताएका छन् । खनालले इलेक्टोनिक सामग्री खरिद गर्दा गुणस्तरमा ध्यान दिन सुझाएका हुन् । 

इलेक्ट्रोनिक सामग्रीमा कम गुणस्तर र कर छलिका सामान बजारभरी रहेको खनालले बताए । उनले कमसल खालका इलेक्ट्रिक सामानले मानिसको स्वास्थ्यमा समेत असर गर्ने बताए ।  

Advertisement

उनले भने, ‘दैनिक जीवनमा प्रयोग हुने बल्ब जुन लुमिन्स एक सय लेखेको हुन्छ, तर साँच्चिकै परीक्षण गर्दा २४ पनि पुग्दैन ।ु बल्बको लुमिन्स कम हुँदा आखाँलाई असर गर्ने खनालको भनाई छ । 

सिजी ग्रुपले घर तथा भवनमा प्रयोग हुने बल्ब, स्वीच जस्ता विद्युतीय सामाग्रीको व्यवसाय सुरु गरेको करिब ६ वर्ष पुग्न लागेको छ । ६ वर्षमा नै सिजीले बजारको २० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । 

सिजीले आगामी दिनमा थप सामग्रीहरुको निर्माण गर्ने समेत तयारी गरेको छ । सिजीले बिक्री गर्ने सामग्रीमा गुणस्तरमा सम्झौता नगरेको खनालको भनाई छ।  खनालका अनुसार कम्पनीले आफ्नै तार बनाउने उद्योग खोल्ने तयारी गरेको छ । 

विद्युतिय सामाग्रीमा कुनै मापदण्ड नहुँदा उपभोक्ताहरु ठगिने काम भएकोले सरकारले सतर्कता बढाउनु पर्ने खनालको भनाई छ । ग्राहकले विद्युतीय सामग्री किन्दा अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) बिल लिनुपर्ने उनको भनाई छ। 
 

Advertisement

Advertisement