दशैँका लागि गाउँ जानेहरु बढ्दै, चार लाखले छाडी सके उपत्यका

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ । 

कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन् । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । 

Advertisement

घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । अझै यो संख्या दशमीको दिनसम्म नै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ । 

Advertisement

Advertisement