दशैंपछि पनि शेयर बजारमा छाएन खुशीयाली, पहिलो दिनमै सोनापुरमा ‘नेगेटिभ सर्किट’

Advertisement

काठमाडौं । दशैं बिदा पछि पहिलो दिन आज खुलेको शेयर बजार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि न्यून रह्यो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.१८ अंकले घटेको हो । १.४८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८७५.६५ अंकमा झरेको छ । 

Advertisement

आज २८३ कम्पनीका २७ लाख १२ हजार १ सय २३ कित्ता शेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार ३ सय ९२.५६ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि अपर सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै आजैबार कारोबार शुरु भएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडमा नेगेटिभ सर्किट लाग्यो । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको हो । प्रतिकित्ता रु. ३५० मा कारोबार खुले पनि पहिलो दिननै रु. ३५ घट्न पुग्यो । 

आज ४० कम्पनी बाहेक अन्य सबैको शेयर मूल्य घट्यो । 

आज नेशनल हाइड्रो पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ८ लाख ५६ हजार ३ सय १५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement