उच्च तहका नेताहरुसँगको भेटघाटपछि महासचिव गुटेरेस घुमे पाटन दरबार क्षेत्र

Advertisement

ललितपुर । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । उच्च तहका नेताहरुसँगको भेटघाटपछि आइतबार अपरान्ह उनी पाटन क्षेत्र घुम्न निस्किएका हुन् । 

आजै जुटेरसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलगायतसँग भेटवार्ता गरेका थिए । 

Advertisement

पाटन दरबार क्षेत्रको भ्रमणका क्रममा उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । गुटेरसलाई मेयर महर्जनले ललितपुर दरबार क्षेत्रमा भ्रमण गराएका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका गुटेरेस मंगलवार पोखरा, सोलुखुम्बुस्थित सगरमाथाको बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, लुम्बिनी लगायतका स्थानको भ्रमण गर्ने तथा संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

Advertisement

Advertisement