आर्थिक संकटमा रहेको गुण एयरलाइन्सले पैसा तिर्न नसकेपछि बैंक ग्यारेन्टी जफत

Advertisement

काठमाडौं । आर्थिक संकटमा रहेको गुण एयरलाइन्सले तिर्नुपर्ने सेवा शुल्क बुझाउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उसको बैंक ग्यारेन्टी जफत गरेको छ । 

प्राधिकरणले गुण एयरलाइन्सले राखेको एक करोड रुपियाँ बैंक ग्यारेन्टी आइतबार जफत गरेको हो । उक्त रकम जफत गर्दा पनि एयरलाइन्सको बक्यौता अझै चार करोड रहेको प्राधिकरणका एक अधिकारीले बताए । 

Advertisement

बक्यौता अशुल गर्ने क्रममा प्राधिकरणले प्राइम बैंकमा राखेको बैंक ग्यारेन्टी जफत गरेको हो । आफ्ना सात वटा जहाज सञ्चालन गर्न नसकेपछि बिक्रीको प्रक्रियामा रहेको गुण एयरलाइन्सले बाँकी रकम प्राधिकरणलाई चाँडै तिर्ने प्रतिवद्धता जनाएको छ । 

एयरलाइन्सले जेटस्ट्रिम सिरिजका पाँच वटा जहाज र विचक्राफ्ट दुई वटा सञ्चालन गर्दै आएकोमा आर्थिक संकटका कारण आफ्ना चालक दलका सदस्यलाई समयमा पारिश्रमिक दिन नसकेपछि प्राधिकरणले सात महिनाअघि उडानमा प्रतिवन्ध लगाएको थियो । गुण कोअपरेटिभ सञ्चालन गर्दै आएका व्यवसायी राजेन्द्र शाक्यले पछि एयरलाइन्समा लगानी गरेका थिए । 

Advertisement

Advertisement