नेप्से उचालिंदा कारोबार रकम भने घट्यो, सोनापुरमा दोस्रो दिन पनि ‘नेगेटिभ  सर्किट’

Advertisement

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेप्से उकालो चढे पनि कारोबार रकम भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.०४ अंकले बढेको हो । ०.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८७८.७० अंकमा पुगेको छ । 

Advertisement

२८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २ सय १७.३७ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८२ प्रतिशत नाफा कमाएका छन् । 

त्यस्तै आज पनि सोनापुर मिनरल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी घाटा व्यहोरेका छन् । उक्त कम्पनीको शेयर १० प्रतिशतले घटेको हो । हिजो पनि १० प्रतिशतले नै घटेको थियो । 

साधना लघुवित्तको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ६० लाख ७४ हजार ७ सय ४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २८.१८ अंकले बजार घट्दा ७४ करोड २९ लाख २५ हजार ३ सय ९२.५६ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 
 

Advertisement

Advertisement