शेयर बजारमा गिरावट कायमै, आधा अर्बमा समेटिन थाल्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज फेरि तल झरेको छ । बजारमा गिरावट आएसँगै कारोबार रकम पनि आधा अर्बमा सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.२९ अंकले घटेको हो । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८६४.४० अंकमा ओर्लिएको छ ।

Advertisement

आज २८६ कम्पनीका २२ लाख ५८ हजार १ सय ८७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २ सय ७६.४८ रुपियाँ बराबरको कारोबार भएको हो । 

महुली लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०५ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै आज तेस्रो दिन पनि सोनापुर मिनरल्समा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले आज पनि ९.९८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

५४ कम्पनीको शेयर मूल्य बढ्दा बाँकीको शेयर मूल्य घटेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ करोड ७० लाख ११ हजार ४ सय ८७.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो आइतबार २८.१८ अंकले बजार घट्दा ७४ करोड २९ लाख २५ हजार ३ सय ९२.५६ रुपियाँ र हिजो सोमबार ३.०४ अंकले बजार बढ्दा ६९ करोड ४२ लाख २२ हजार २ सय १७.३७ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement