नेप्से ५.८३ अंकले घट्यो, प्रिमियम मूल्य भन्दा तल झर्यो सोनापुरको मूल्य !

Advertisement

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी नै छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८३ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५६ अंकमा उक्लिएको छ । 

Advertisement

आज २९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार २ सय ९१.३१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सयपत्री हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै तीन दिनदेखि लगातार नेगेटिभ सर्किट लाग्दै आएको सोना मिनिरल्सको शेयर मूल्य आज पनि सबैभन्दा ७.९९ प्रतिशतले घटेको हो । उक्त कम्पनीको मूल्य घटेर प्रतिकित्ता रु. २३४.८० मा झरेको छ । प्रतिकित्ता रु. ३५० मा ओपन भएको शेयर लगातार घटिरहेको हो । 

आज सोना मिनिरल्सकै उच्च कारोबार भयो । उक्त कम्पनीको १४ करोड ६० लाख २ हजार २ सय २५.१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

उक्त कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता रु. २३७ रुपियाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

साताको पहिलो आइतबार २८.१८ अंकले बजार घट्दा ७४ करोड २९ लाख २५ हजार ३ सय ९२.५६ रुपियाँ, सोमबार ३.०४ अंकले बजार बढ्दा ६९ करोड ४२ लाख २२ हजार २ सय १७.३७ रुपियाँ र हिजो मंगलबार १४.२९ अंकले बजार घट्दा ५७ करोड १४ लाख ८३ हजार २ सय ७६.४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 
 
 

Advertisement

Advertisement