संसद ठूला भनिएका तीन दलबाहेक अरुप्रति अनुदार छः रवि लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार रहेको आरोप लगाएका छन् । 

बिहीवार संसदमा उनले साना भनिएका दलहरुप्रति संसद अनुदार रहेको गुनासो गरेका हुन् । लामिछानेले ठूला भनेका दलको सिण्डिकेट संसदमा लादिने काम भएको बताए । उनले संसदमा दर्ता भएका संकल्प प्रस्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेको बताए । 

Advertisement

सभापति लामिछानेले नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको दाबी गर्दै संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहित गरेको बताए । 

उनले भने, ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचिमै चढ्न सकेन् । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ ।’

Advertisement

Advertisement