संघीयता खारेज होला जस्तो देखियोः उपेन्द्र यादव

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने देखिएको बताएका छन् । 

बिहीबार संसदमा बोल्दै उनले हालसम्म निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको बताए । 

Advertisement

यादवले प्रदेशलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय गणतन्त्र कसरी टिक्छ ? भनेर प्रश्न समेत गरे । उनले संघीय गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको बताए । यादवले चुरे क्षेत्रमा उत्खनन् कार्यलाई प्रतिबन्ध लगाउनुपर्ने पनि बताए । 

यादवले भने, – ‘प्रदेशहरुलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । उहाँ माननीयजीलेभन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौँ । यहाँ भन्नै पर्दैन यतै बाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त । आठ÷आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरुलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ? भन्ने एउटा गम्भिर प्रश्न रहिरहेको छ । ०७२ सालमा कानून बनेको छ चुरे क्षेत्रमा उत्खनन्लाई प्रतिवन्ध लगाउने गरी । त्यसलाई कार्यान्वयन गर्ने र चुरिया क्षेत्रको संरक्षण, त्यहाँको गिट्टी, ढुंगा निकाल्न रोक्ने र न्यून असर पर्ने ठाउँबाट निकालेर घरेलु प्रयोजनका लागि, आन्तरिक प्रयोजनका लागि लाग्नेगरी प्रतिबन्ध लगाउनुपर्छ अनिमात्र पर्यावरणिय संकटबाट जोगाउन सकिन्छ । मधेशलाई मरुभुमिकरणबाट जोगाउन सकिन्छ ।’

Advertisement

Advertisement