घटेर रोकियो यो साताको शेयर बजार, ९६ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.८६ अंकले घटेको हो । ०.५८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४७.७० अंकमा झरेको छ । 

Advertisement

आज २८१ कम्पनीका ३७ लाख ४९ हजार ९ सय ५४ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार ७ सय ११.४१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०४ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै सयपत्री हाइड्रोमा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशत घाटा व्यहोरेका हुन् ।

आज आशा लघुवित्तको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड १० लाख १० हजार रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो आइतबार २८.१८ अंकले बजार घट्दा ७४ करोड २९ लाख २५ हजार ३ सय ९२.५६ रुपियाँ, सोमबार ३.०४ अंकले बजार बढ्दा ६९ करोड ४२ लाख २२ हजार २ सय १७.३७ रुपियाँ, मंगलबार १४.२९ अंकले बजार घट्दा ५७ करोड १४ लाख ८३ हजार २ सय ७६.४८ रुपियाँ र हिजो बुधबार ५.८३ अंकले बजार घट्दा ८१ करोड २० लाख ८९ हजार २ सय ९१।३१ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement