न्याय माग्दा डर, त्रास, धम्की र पैसाको प्रलोभन आयोः भारती मानन्धर

Advertisement

काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस मिलेको बताएकी छन् । 

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङहरु आए पनि अन्ततः न्याय पाएको बताइन् । मानन्धरले आफ्नो टिमले कुनै पनि लोभ लालचमा नलागिकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । 

Advertisement

मानन्धरले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् । उनले भनिन्, ‘बीचमा धेरै बाधाहरु आए, धेरै डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन् । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन् । म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगल ९योगराज ढकाल०लाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीबिरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् । 

Advertisement

Advertisement