राहत उद्धारका लागि भन्दै १० करोड पठाउने गृह मन्त्रालयको निर्णय, के भन्छन् गृहमन्त्री ?

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट १० करोड तत्काल पठाउने निर्णय भएको बताएका छन् 
 ।  

शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उनले बताए । श्रेष्ठले सरकारले घाईतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले घाईते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको बताए । 

Advertisement

श्रेष्ठले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर रहात वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको बताए । उनले भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको पनि बताए । 

श्रेष्ठले भने, ‘घाइतेको उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ । कतिपयलाई स्थानीय अस्पतालमै र कतिपय सुर्खेत, कतिपय नेपालगञ्जमा उपचारको व्यवस्था गरेका छौँ । यहाँ पनि हामीले ट्रमा सेन्टर लगायत कतिपय ठाउँमा आवश्यक परे उपचारका लागि तयार गरेका छौँ । सर्च, रेस्क्यु र रिलिफलाई बनाएका छौँ । त्यसअन्तर्गत हामीले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्ज बनाउने भनेर त्यहाँ आवश्यक जनशक्ति, सरसामग्री र अरु सबै आवश्यक व्यवस्थापन त्यहाँबाट हुने केन्द्र आधार निर्माण गरेका छौँ । स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी त्यहाँ जानुभएको छ । अन्य आवश्यक परे स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्था गर्ने निर्णय गरिएको छ । शव व्यवस्थापनको लागि विशेष टिम गइसकेको छ । थप म्यानपावर पठाउँदै छौँ ।’ 

उनले आजको आवश्यकताअनुसार हेरेर राहत सामग्री थप पठाइएको र सुरक्षा दल पनि पठाइएको बताए । 

Advertisement

Advertisement