शेयर बजार २१.४६ अंकले घट्यो, ९७ करोड २३ लाखको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन शेयर बजार २१.४६ अंकले घटेर बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.४६ अंकले घटेको हो । १.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८२६.२३ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २८९ कम्पनीका ३५ लाख ५८ हजार ५ सय ५४ कित्ता शेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार २ सय ७८.९२ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि एनआईसी एशिया लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९७ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै हिमालयन लघुवित्तमा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । आज ४८ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य घटेको हो । 

नबिल बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । ४ करोड ६० लाख ८० हजार रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement