शेयर बजार लगातार दोस्रो दिन पनि बढ्यो, ३२.५२ अंकले उचालियो नेप्से

Advertisement

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि आज दोहोरो अंकले बढेको छ । दुई दिनमा नेप्से ३२.५२ अंकले उचालिएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.२२ अंकले बढेको हो । ०.६० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.७६ अंकमा पुगेको छ । 

Advertisement

आज २८५  कम्पनीका ४३ लाख ३१ ह्जार २ सय २९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार २ सय ९१.९० रुपियाँ बराबरको कारोबार भएको हो । 

लक्ष्मी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.१६ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै स्वभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

हिमालयन बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको ९ करोड १६ लाख ४४ हजार २ सय २८ रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २१.४६ अंकले बजार घट्दा ९७ करोड २३ लाख रुपियाँ र हिजो सोमबार २१.३० अंकले बजार बढ्दा ९३ करोड ८९ लाख २९ हजार ४०.५९ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।   
  
 

Advertisement

Advertisement