फेवाताल छेउका फुटपाथ व्यवसाय हटाउन सुरु, पर्यटकलाई दुःख दिने गतिविधि नियन्त्रण गरिने

Advertisement

काठमाडौं । पोखराको फेवाताल छेउको पैदलमार्गमा रहेका विदेशी माग्नेलाई सचेतना दिइएको छ । फुट–ट्रयाकमा रहेका फुटपात व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्तरुपमा सचेतना कार्यक्रम गरेका हुन् । 

तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यवसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली, बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् । 

Advertisement

आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यवसायीलाई आह्वान गरे । बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुसँग मागेर हिँड्ने र अनैतिक किसिमका गतिविधि देखाउनाले नकारात्मक असर परेको आम–उपभोक्ताको गुनासो थियो । 

गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जनाइएको छ । पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले आज बुधबारबाट व्यपारिक सामन नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामन नियन्त्रण गर्ने बताए । 

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सिमित स्थान छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताए । 

Advertisement

Advertisement