नेप्से झिनो अंकले उचालिंदा कारोबार रकम भने घट्यो, सोनापुरको सबैभन्दा बढी

Advertisement

काठमाडौं । शेयर बजार लगातार आज तेस्रो दिन पनि बढेको छ । नेप्से उचालिंदै गए पनि कारोबार रकम पनि तल झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१७ अंकले बढेको हो। ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६३.९४ अंकमा पुगेको छ । 

Advertisement

आज २८८ कम्पनीका ३१ लख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३ हजार २ सय ६४.९४ रुपियाँ बराबरको कारोबार भएको हो । 

ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०७ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

सोनापुर मिनरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ६१ लख ४१ ह्जार ९ सय ८४ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार २१.४६ अंकले बजार घट्दा ९७ करोड २३ लाख रुपियाँ, सोमबार २१.३० अंकले बजार बढ्दा ९३ करोड ८९ लाख २९ हजार ४०.५९ रुपियाँ र हिजो मंगलबार ११.२२ अंकले बजार बढ्दा ९९ करोड ६५ लाख ८६ हजार २ सय ९१.९० रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।   
  
 

Advertisement

Advertisement