घटेरै बन्द भयो तिहार पर्वअघिको शेयर बजार, ८३ करोड ६० लाखको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारले दोहोरो अंकको गिरावटसँगै तिहारको बिदा लिएको छ । 

तिहार बिदा हुने अघिल्लो दिन अर्थात शेयर बजार खुल्ने साताको अन्तिम दिन आज नेप्से ११.८५ अंकले घटेको हो । ०.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५२.०८ अंकमा ओर्लिएको छ । 

Advertisement

२८२ कम्पनीका २८ लाख ३३ हजार ७ सय ३१ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हजार ६ सय ५६.०८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज सनराइज ब्यूचिप फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८५ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै माउन्टेन इनर्जी नेपालका लगानीकर्ताहरुले आज सबैभन्दा बढी ६.६८ प्रतिशतले घाटा व्यहोरे । 

सोनापुर मिनरल्सको आज उच्च कारोबार भयो । उक्त कम्पनीको ७ करोड ६७ लाख १३ हजार ७ सय १३.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   

साताको पहिलो दिन आइतबार २१.४६ अंकले बजार घट्दा ९७ करोड २३ लाख रुपियाँ, सोमबार २१.३० अंकले बजार बढ्दा ९३ करोड ८९ लाख २९ हजार ४०.५९ रुपियाँ, मंगलबार ११.२२ अंकले बजार बढ्दा ९९ करोड ६५ लाख ८६ हजार २ सय ९१.९० रुपियाँ र हिजो बुधबार ५.१७ अंकले बजार बढ्दा  ७८ करोड २७ लाख ४३ हजार २ सय ६४।९४ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।  

Advertisement

Advertisement