कृषि बीमा सुचारु गर्ने सहमति, ९७ करोड तत्काल भुक्तानी गरिने

Advertisement

काठमाडौं । सरकारले भुक्तानी नदिएका कारण रोक्किएको कृषि बीमा सुचारु गर्ने सहमति भएको छ । तत्काल ९७ करोड भुक्तानी गर्ने सहमतिसहित कृषि बीमा सुचारु गर्न सरकार सहमत भएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा बसेको बैठकले यस्तो सहमति जनाएको हो । बैठकमा नेपाल बीमक संघ, नेपाल बीमा प्राधिकरणका प्रतिनिधिहरु सहभागी थिए । 

Advertisement

कृषि, पशुपन्छी तथा जडिवुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा २०८० चैत्र १ गतेदेखि स्थगन भएको बीमा सम्वन्धमा छलफल गर्न भन्दै भएको बैठकमा बीमा कम्पनीहरुले जारी गरेको कृषि तथा पशुपन्छी बीमा अन्तर्गतको बीमालेखवापत प्राप्त गर्नुपर्ने वाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करिव ९७ करोड यथासिघ्र भुक्तानी गर्ने र बाँकी रकम भुक्तानीका लागि चालु आवभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने सहमति पनि भएको छ । 

बीमकहरुले कृषि तथा पशुपन्छी बीमा निरन्तर सुचारु गर्ने गरी सहमति भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement