काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाट स्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । 

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ । 

Advertisement

बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर छन् । 
 

Advertisement

Advertisement