राशिफलः आज (असोज १०) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको १० गते बिहीबार, आश्विन कृष्णपक्षको नवमी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत नवमीश्राद्ध रहेको छ । आज मातृनवमी श्राद्ध रहेको छ ।

मेष 
आलोचनाका क्रम बढ्ने र उक्त अवस्थालाई चिर्दै अघि बढ्नु पर्ने छ । कठिनाईको अवस्थामा पनि मनोबल भने उच्च रहने छ । रिस धेरै उठ्न जाने भएकाले संयमताको खाँचो देखिन्छ । परिवारका सदस्यहरुले तपाईप्रति ध्यान दिने छन्, माया गर्ने हुँदा निकै राहत मिल्ने छ । भाग्यको साथ नरहेकाले झण्झट र असजिलो परिस्थितिसँग जुध्नु पर्ने छ । निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखान, ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि समय औसत छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

Advertisement

वृष 
भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । मनमा नकारात्मक विचारले सताउने छ । दाम्पत्य जीवन औसत शुभ नै देखिएता पनि अनुमान नै नगरिएका विषयमा झझगडा निम्तिने भएकाले संयमताको खाँचो छ । पानी, दुध, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि फाइदा हुने छैन् । शेयर बजार औसत रहने छ। 

मिथुन
मित्रहरुको बीचमा वैमनश्यता आउने छ । मनमा अन्योलताको चक्रको लहर आउने छ । भाग्यको साथ कम रहेकाले नतिजाहरु आउन समय लाग्ने छ । मेहनत र पराक्रमी बानीमा कमि आउने र आलस्यताले च्याप्ने छ । ब्यक्तित्वमा ह्रास आउने छ । अनावश्यक विषयमा फस्ने वा केन्द्रित हुनु पर्ने बाध्यता आइलाग्ने छ । आम्दानीमा हुने केही सकारात्मकताले झिनो राहत दिने छ । पेशा ब्यवसायमा कठिनाईहरुको सामना गर्नुपर्ने छ । शेयर बजारमा संयमित रहनु नै उपयुक्त हुने छ ।

कर्कट
पेशागत जीवनमा केही सहजता आउने छ । मानिसहरुको विश्वासमा बृद्धि हुने छ । निकै जोखिमपूर्ण कदमहरुमा हात हाल्न मन लाग्ने छ । दृढ ब्यक्तित्व हुने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा सजिलो हुने छ । आम्दानी तथा लिइएका लक्ष्य प्राप्त हुने छ । आर्थिक सन्तुलन कायम हुने छ । सार्वजनिक यातायात, कोल्डड्रिङ्स, किराना पसल, दैनिक उपभोग्य सामान, तरकारी, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक बन्न थाल्ने छ । शेयर बजार औसत खालको रहने छ । 

सिंह
जोखिमका क्षेत्रमा काम गर्न मन लाग्ने छ । मनमा दृढताको क्रम बढ्ने छ । मनमा अस्थिर खाले विचारहरु भने बढि आउने छन् । राजनीतिक निर्णयहरु लिन कठिन हुने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा आफू अनुकुल अवस्था निम्तिने छ । ब्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र, सूचना प्रविधि क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र मध्यम खालको रहने छ ।

कन्या
अवसरका लागि नयाँ नयाँ क्षेत्रमा सँलग्न हुने समय रहेको छ । धार्मिक तथा अध्यात्मिक कार्यहरुमा लाग्दा मनमा शान्ति प्राप्त हुने छ । भगवानप्रतिको विश्वास बढ्न जाने छ । भायको साथ रहेकाले सुख सुविधा उपभोग गर्न पाइने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुबाट सुखद् अवस्था आउने छ । कर्मचारीतन्त्र, राजनीति, प्रशासन, बैंकिङ्ग, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सmित्रयहरुलाई समय अनुकुल छ । शेयर बजारबाट भने अपेक्षाकृत लाभ मिल्ने छैन् ।

तुला
धैर्य भएर कदम चाल्नु नै उपयुक्त देखिन्छ । बोलीमा कडापन आउने भएको प्रभाव घट्न पुग्ने छ । तर परिवारका सदस्यहरुको सहयोगले गर्दा निकै मद्धत मिल्ने छ । यात्रामा सहजा आउने छ भने रमाईलो पनि मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या आउने छ । भाग्यको साथ कम रहेकाले धेरै जोखिमपूर्ण काममा हात हाल्ने बेला देखिँदैन् । अध्यापन, लेखन, पत्रकारिता, गीत संगीत, प्रशिक्षक जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहेको छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

वृश्चिक
सुरो व्यक्तित्व बन्ने छ । मनले आँटेका कामहरु हुने छन् । भाग्यले साथ दिएको छ । पेशागत जीवन र ब्यवसायमा सफलता हात लाग्ने छ । देखा परेका समस्याहरु समाधान तर्फ जाने छन् । राजनीति, निजामति सेवा, सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटि सेवा, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

धनु 
पेशा ब्यवसायमा सकारात्मक नतिजा प्राप्त हुने छ । आम्दानीमा सन्तोषजनक अवस्था नै हुने छ । बोलीमा भने अलि कडा शैली हुने भएकाले ध्यान दिनु होला । अध्यापन, दार्शनिक क्षेत्र, उद्योग कलकारखाना, सिमेण्ट, छड, डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । राजनीतिमा आवद्धहरुलाई सकारात्मक नतिजा प्राप्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मकर 
सहयोग गर्न खोज्दाखोज्दै पनि अरुले त्यसको मर्म बुझ्ने छैनन् । समय अनुकुल नभएकाले संयमताको खाँचो देखिन्छ । पारीवारिक जीवनमा द्वन्दको अवस्थाबाट गुग्रनु पर्ने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा कमि आउने छ भने आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने केही राहत मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कुम्भ 
थोरै मेहनतले पनि उल्लेख्य प्रतिफल प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेको छ । आम्दानीमा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । कर्मशिलतामा बृद्धि हुने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार गर्नेहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहने छ । 

मीन
पेशागत जीवनमा समस्या आउने छ । पेशा तथा ब्यवसायमा निकै अवरोधहरुको सामना गर्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि असमझदारी देखा पर्ने छ । सन्तान सुख प्राप्त हुने छैन् । समय प्रतिकुल चलिरहेकाले संयमित भइ कदम चाल्नु होला । सरकारी सेवा, ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय शुभ रहने छैन् । शेयर बजारमा अपेक्षाकृत लाभ मिल्ने छैन् । 

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement